विधानअनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छ–कांग्रेस केन्द्रीय सदस्य महर

विधानअनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छ–कांग्रेस केन्द्रीय सदस्य महर

केन्द्रबिन्दु
0
Shares

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पदाधिकारीविनाको समिति बनाएर बाहिर ल्याउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नयाँ बानेश्वरमा शनिबार आयोजित कार्यक्रममा नेवि संघका पूर्वअध्यक्षसमेत रहेका महरले पदाधिकारी विनाको समिति निर्माण गर्नु विधान विपरित हुने बताए। ‘पार्टीमा नेताहरूलाई सबै पद चाहिने तर नेवि संघ, तरुण दल र महिला संघ जस्ता भ्रातृ संस्थामा अरुका लागि पद चाहिन्न भन्ने कुरा हुँदैन । यसले पार्टीलाई राम्रो गर्दैन । हिजो भ्रातृ र शुभेच्छुक संस्था अपडेट नभएकै कारण चुनावमा हामीले करिव सात लाख मत कम पाएका छौं,’ उनले भने ।

जनता र पार्टीका बीचमा सम्बन्ध स्थापित गर्न भ्रातृ संस्थाहरूको भूमिका ठूलो हुने उनी बताउँछन् । ‘सबै समिति अपडेट भएका भए पार्टीका मुद्दा जनतामाझ वकालत गर्थ्यो। जनताका कुरा पार्टीलाई भन्थ्यो । यसले जनता र पार्टीबीचको दूरी घट्न ठूलो मद्दत पुग्थ्यो । हामी त्यही अनुसारको नीति बनाएर अघि बढ्थ्यौं। यस पटक भ्रातृ संस्था अपडेट नभएकै कारण पनि हामीले ठूलो क्षति व्यहोरेका छौं,’ उनले भने । ‘१० वर्षसम्म पनि पार्टीका भ्रातृ संस्थाको महाधिवेशन हुन नसक्नु दुखद् भएको उनको तर्क छ ।

पदाधिकारीसमेत नबनाएर पार्टीको ठूलो शक्तिलाई बहिर्गमन गर्ने कुरा जीवन्त पार्टीका लागि राम्रो नहुने उनको प्रस्टोक्ति छ। ‘पार्टीका पदाधिकारीहरूले प्लेन कमिटी ल्याउने विषयमा सहमति गरेको भन्ने सुनिएको छ। यसको खिलापमा दसौं हजार जिम्मेवारी नपाएका साथीहरू छन् । यो १० वर्षमा दुई वर्षमै डेड दुई सयको समिति बनेको भए प्रत्येक वर्ष हजारभन्दा बढी साथीहरूले जिम्मेवारी पाएर प्रशिक्षित भई नेतृत्व तहमा पुगिसक्थे,’ नेता महरले भने ।
 

Logo