स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्छः महासचिव पोखरेल

स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्छः महासचिव पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्ने बताएका छन् । 

सोमवार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंमा आयोजना गरेको स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले आगामी स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व हस्तान्तरण गर्न विद्यार्थी नेताहरुलाई आग्रह गरेका हुन् । उनले हालसम्म विद्यार्थीको नेतृत्व गरिरहेका नेताहरुले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तररण गर्नुपर्ने बताए । 

उनले वास्तविक विद्यार्थीले मात्रै स्ववियु र विद्यार्थीहरुको नेतृत्व गर्नसक्ने भन्दै वास्तविक विद्यार्थीलाई अगाडी बढाउनुपर्नेमा जोड दिए । अनेरास्ववियुलाई अग्र्यानिक अनेरास्ववियु बनाउन उनले निर्देशन दिए ।  

महासचिव पोखरेलले सामाजिक सञ्जालले समाजलाई अराजकतातिर लैजान थालेको बताए । सामाजिक सञ्जालले समाजलाई परिवर्तनको बाटोतर्फ लैजान नसक्ने भन्दै उनले यसले उदार पुँजीवाद र दलाल नोकरशाहलाई प्रवद्र्धन गर्ने बताए । उनले एमाले नेतृत्वको सरकार हुँदा सडकमा नागरिक आन्दोलनको नाममा आन्दोलन हुने गरेको उल्लेख गर्दै बुर्जुवाहरुले सरकारको नेतृत्व गर्दा भने नागरिक आन्दोलन सुतेर बस्ने गरेको टिप्पणी गरे । 

उनले नागरिक आन्दोलनको नाममा जनताको वास्तविक अधिकारलाई स्थापित हुनबाट रोक्ने प्रपञ्च गरिएको उल्लेख गरे । 

Logo