सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि मंगलबार तेस्रो पटक निर्वाचन हुँदैछ ।
यसअघि पुस २८ र पुस ३० मा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन । गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । पुस २८ मा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक–एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन । पुस ३० मा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसेको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभा मंगलबार पुनः निर्वाचन हुँदैछ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिइसकेकी छन् । सोमबार धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्यहरूसँग भेट्दै सभामुख चयनमा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएकी हुन् ।































प्रतिक्रिया