सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा भर्खरैबाट सर्वदलीय बैठक सुरु भएको हो ।
सभामुखको चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, सभामुख कसलाई बनाउने र कुन पार्टीले पाउने लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । बिहीवार हुने सभामुखको चुनावका लागि बुधबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने वा नदिने निर्णय सर्वदलीय बैठकपछि मात्रै लिने बताइसकेको छ ।
बैठकमा कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादर खड्कालगायत नेता पनि सहभागी भएका छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि बैठकमा सहभागी छन्।





























प्रतिक्रिया