प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकमा राखे सहमति सरकारको प्रस्ताव

प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकमा राखे सहमति सरकारको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुख पदको चयन दलहरुबीचको सहमतिमा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । 

मंगलवार अपरान्ह आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले सो प्रस्ताव राखेका हुन् । प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमति गरेर अघि जान सकिन्छ भनेर विषय प्रवेश गराउनुभएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

यता, नेपाली काँग्रेसले पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख संविधानको पालना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने र तटस्थताको भुमिका निर्वाह गर्नुपर्ने पद भएकाले यसलाई सहमतिमै चयन गर्न आफ्नो पार्टी तयार रहेका धारणा बैठकमा राखेको थियो । 

‘हामीले नेपाली काँग्रेस संघीय संसदमा प्रमुख प्रतिपक्षको भुमिका निर्वाह गर्दैगर्दा र प्रमुख प्रतिपक्ष दलकै रुपमा कार्यरत रहने गरेर राष्ट्रपति, उपराष्ट्रपति सभामुख र उपसभामुख संविधानको पालना गर्नुपर्ने, संरक्षण गर्नुपर्ने र तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने र सबै राजनीतिक दलको र सबै नेपाली जनताको संस्था अथवा नेता भएर बस्नुपर्ने पदहरु भएको हुनाले हामी प्रमुख प्रतिपक्ष दलमा भएर पनि हामी यसका बारेमा छलफल गर्न तयार छौं यदी प्रधानमन्त्रीजीले छलफल अघि बोलाउनु भयो भने त्यसमा हामी छलफल गर्न तयार छौं भनेर हामीले भनेका छौं ।’ प्रमुख सचेतक लेखकले बैठकबारे जानकारी दिँदै भने, ‘उहाँले चाहीँ यी पदहरुमा छलफल गरेर सहमतीमा जान सकिन्छ कि भनेर पनि भन्नुभएको छ । मुलतः यिनै कुराहरु भएका छन् ।’

यता, सत्तारुढ दलहरुबीच भने राष्ट्रपति र सभामुख पद नेकपा एमालेलाई दिने सहमति भएको छ ।

Logo