जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बुधबार पनि बस्ने भएको छ ।
बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको विषयमा छलफल भएको थियो ।





























प्रतिक्रिया