उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।
उपराष्ट्रपति पुनले बुधबार ललितपुरस्थित सुमेरू अस्पताल पुगेर वर्षमानलाई भेटेका हुन्। केही समयदेखि सुमेरू अस्पतालमा उपचार गराइरहेका वर्षमान लामो समयदेखि जण्डिसबाट पीडित छन्। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको बताएका छन् । वर्षमानलाई मंगलबार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अस्पतालमै पुगेर भेटेका थिए।
वंशाणुगत जण्डिशबाट पीडित पुनलाई रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए। उनी उपचारपश्चात पौष ५ गते नेपाल फर्किएका थिए। पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ। यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो।





























प्रतिक्रिया