नेकपा एमाले महासचिव शंकर पोखरेल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन् ।
बिहीबार बिहान ललितपुरको सुमेरु अस्पतालमा उपचारत पुनलाई भेट्न पोखरेल गएका हुन् । पोखरेलले पुनको स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना समेत गरेका छन् । पुन जण्डिस रोगबाट पीडित भएपछि अस्पतालमा उपचारत छन् । चिकित्सकले पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिइसकेका छन् ।





























प्रतिक्रिया