उपसभामुखका लागि उम्मेदवारी दर्ता आज, सत्ता गठबन्धनबाट रास्वपाले दिने तयारी

उपसभामुखका लागि उम्मेदवारी दर्ता आज, सत्ता गठबन्धनबाट रास्वपाले दिने तयारी

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म, संघीय संसद्‌ भवनको ल्होत्से हलमा उम्मेदवारी मनोनयन गरिने छ। यस्तै, शुक्रबार नै अपराह्न सवा ४ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ। उपसभामुख चयनका लागि पुस ७ गते प्रतिनिधि सभा बैठकमा मत विभाजन लगायतको प्रक्रिया हुनेछ।

उपसभामुखमा सत्ता साझेदार दलबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिने तयारी छ। रास्वपाका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपसभामुख पद आफ्नो पार्टीले पाउने विषयमा सत्ता साझेदार दलहरुबीच सहमति जुटिसकेको बताएका छन्। 

यस्तै, कांग्रेससहितको विपक्षी गठबन्धन’बाट पनि उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरिएको छ।

Skip This
Skip This
Logo