उपसभामुखमा उम्मेदवारीबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

उपसभामुखमा उम्मेदवारीबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

उपसभामुखको उम्मेदवार चयन गर्नका लागि नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

बैठक केहीबेर पछि धुम्बाराहीस्थित सभापनि शेरबहादुर देउवा निवासमा बस्दैछ । बैठकमा प्रतिनिधिसभाको उपसभामुख उम्मेदवारबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । विपक्षी गठबन्धनबाट उपसभामुखको उम्मेदवार कांग्रेसबाट वा अन्य दलबाट अघि सार्ने टुंगिसकेको छैन।

बैठकमा पूर्वपदाधिकारीलाई पनि उपस्थित हुन भनिएको छ। शुक्रबार उपसभामुखको मनोनयन दर्ता हुँदैछ भने शनिबार मतदान हुनेछ। 

Skip This
Skip This
Logo