प्रतिनिधिसभाको उपसभामुख पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपसभामुखमा दुईजनाको मात्र उम्मेदवारी परेको हो ।
सत्तारुढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् ।
यस्तै नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् । उनलाई सरकारमा नरहेका दलको समर्थन छ ।
संसद सचिवालयकाे पत्र-

शनिबार प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, उम्मेदवारीको सूचनामाथिको संक्षिप्त छलफल हुने तथा दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । बिहीबार भएको निर्वाचनमा सभामुखमा भने देवराज घिमिरे निर्वाचित भइसकेका छन्।





























प्रतिक्रिया