नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। ‘नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भयो,’ उनले भने, ‘यसका लागि उम्मेदवार दिनुअगाडि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू हामी छलफल गर्छौं। सकेसम्म सर्वसम्मत गर्नेछौ।’
प्रवक्ता महतले समयमै राष्ट्रपति निर्वाचन हुनुपर्ने भन्दै उनले कुनै पनि कारणले चुनाव पछि सार्न नहुने अडानमा कांग्रेस रहेको बताए।





























प्रतिक्रिया