मधेश प्रदेशका तीन मन्त्रीले बल्ल पाए मन्त्रालय, सात मन्त्रालयको बाडफाँट बाँकी

मधेश प्रदेशका तीन मन्त्रीले बल्ल पाए मन्त्रालय, सात मन्त्रालयको बाडफाँट बाँकी

केन्द्रबिन्दु
0
Shares

मधेस प्रदेशका तीन बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी बाडफाँट गरिएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

मुख्यमन्त्री यादवले बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राखेका छन्। मधेशमाअहिले १० मन्त्रालय छन्। सरकारको नेतृत्व जसपा र जनमतले आलोपालो रूपमा गर्ने सहमति गरेका छन्। जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता रहेका मुख्यमन्त्री यादवलाई प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थन छ। 

Skip This
Skip This
Logo