राप्रपा नेपालद्वारा एकताका लागि वार्ता टोली गठन

राप्रपा नेपालद्वारा एकताका लागि वार्ता टोली गठन


राप्रपा नेपालले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग सहकार्यको निम्ति वार्ता गर्न उपाध्यक्षसहितको समिति गठन गरेको छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ ९ र १० गते काठमाडौंमा बसेको राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठकले उक्त टोली गठन गरेको हो । बैठकले उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा महामन्त्रीद्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेको समिति गठन गरेको छ।

वार्ता कमिटीका सदस्य राजाराम बर्तौलाका अनुसार पार्टीले अवलम्बन गरेको नीति,बिचारसङ्ग सहमत हुने पार्टी, संघसंस्था, समूहसङ्ग वार्ता गरि राप्रपा नेपाललाई बलियो बनाउने अभियानलाई मूर्त रुप दिन यो कमिटीले काम गर्नेछ। निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक संघ–संस्थाहरुसङ्ग तुरुन्तै सम्वाद शुरु हुने गरि तयारी गरिएको समितिका एक सदस्यले जानकारी दिए।

Logo