सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
बैठकले मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । गृहले पनि छानबिनको काम आज नै अघि बढाउने तयारी गरेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।
गृहमन्त्री लामिछानेले आजै कीर्तिपुर अस्पताल पुगेर आचार्यको परिवारलाई भेटेर सहानुभुति प्रकट गर्नुका साथै उनले उठाएका मागका बारेमा यथेष्ठ छानबिन गर्ने प्रतिवद्धता जनाएका थिए । मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका ३७ वर्षिय आचार्यको बुधवार बिहान उपचारका क्रममा निधन भएको थियो ।































प्रतिक्रिया