नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ ।
बैठक बिहान ११ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बिहिबारदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए । प्रवक्ता कृष्णबहादुर महराका अनुसार बिहिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेश गरेका छन् । प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए । आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ–आफ्नो धारणा राख्नेछन् ।





























प्रतिक्रिया