‘राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो, अब राष्ट्रिय सहमति’ -बिडारी

‘राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो, अब राष्ट्रिय सहमति’ -बिडारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन् । 

शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ताले यस्तो बताएका हुन् । उनले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रकै प्रतिक भएकाले सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनाउनुपर्ने बताए । 

उनले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याहरुबाट मुक्ति मिल्ने बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी दलगत गन्ध धेरै आएको बताए । 

भण्डारी राष्ट्रपति बनेर भन्दा पनि दलको प्रभावमा परेर काम गरेको वरिष्ठ अधिवक्ता बिडारीले आरोप लगाए । उनले राष्ट्रपति पद पहिला फालेको जस्तो पद भएपनि पछिल्ला घटनाक्रमले राष्ट्रपतिय पद्धतिलाई परिमार्जन गर्नको निम्ति विद्वत वर्गले सुझाव दिनुपर्ने आवश्यक्ता देखिएको बताए । राष्ट्रपति निर्वाचनमा गोप्य चुनाव किन हुनुप-यो भन्दै प्रश्नसमेत उनले गरे । 

राष्ट्रपतिको चुनाव गोप्य हुनु भनेको ह्वीप लाग्दैन भन्ने अर्थ रहेको पूर्व सांसद बिडारीले स्पष्ट पारे । साथै उनले राष्ट्रपतिको चुनावमा ह्वीप नलाग्ने अभ्यास गर्नुपर्ने पनि बताए । 

Skip This
Skip This
Logo