रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा

केन्द्रबिन्दु
0
Shares

रवि लामिछाने नेपाली नागरिकता प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् । 

अमेरिकाको नागरिकता त्यागेपछि पुन नेपाली नागरिकता नलिएको भन्दै सांसद तथा गृहमन्त्रीको पद गुमेसँगै उनी आइतबार पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् । 

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वाेच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए । 

आइतबार भने लामिछाने समर्थकसहित उनी पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् । प्रशासन परिसरमा अहिले उनका समर्थकको भिड लागेको छ । 

Skip This
Skip This
Logo