अमेरिकाले नेपालको विकासमा आफूले सुरु गरेका विकास परियोजनाहरूलाई अगाडि बढाउन तयार रहेको जनाएको छ ।
दुईदिने नेपाल भ्रमणमा रहेकी अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नेपालको विकासमा अमेरिकाले सुरु गरेको विकास परियोजनाहरु अगाडि बढाउन तयार र दृढ रहेको जानकारी गराएकी हुन् ।
आइतबार काठमाडौं आइपुगेकी उनी सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा पनि नेपालको विकासमा अमेरिकी सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । साथै प्रधानमन्त्री र नुल्यान्डबीच द्विपक्षीय सहयोग, आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।






























प्रतिक्रिया