राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुने

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुने

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ ।

आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुने गरी आज मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत सरकारलाई लेखी पठाउनेछ ।

सोमबार बसेको आयोगको बैठकले २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । आगामी २९ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल सकिँदै छ । 

Skip This
Skip This
Logo