योजना आयोगको सदस्यमा ३ जना नियुक्त

योजना आयोगको सदस्यमा ३ जना नियुक्त

केन्द्रबिन्दु
0
Shares

सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जनालाई नियुक्त गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई  नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना प्रविधी मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

ज्ञवाली पुनःनिर्माण प्राधिकरणका तत्कालीन सीईओ हुन् भने शाक्य पूर्व राजदूत हुन् । साथै महतले यसअघि कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहका सदस्य बनेर काम गरिसकेका छन् । 

 

साथै मन्त्रिपरिषद्ले त्यसैगरी परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र युरोपियन युनियनबीचको संयुक्त आयोग र उपआयोगको बैठक नेपाल बेल्जियम दुई पक्षीय संयत्रको बैठकको सम्बन्धमा (२ फेब्रुरी २०२३) मा परराष्ट्र सचिवले नेतृत्व गर्ने निर्णय गरेको छ । श्रीलङ्काको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवमा परराष्ट्रमन्त्री सहभागी हुने सरकारको निर्णय छ ।

Logo