प्रधानमन्त्रीले गृहमन्त्री नियुक्तिमा ढिलाई गर्नहुन्न -सांसद गैरे

प्रधानमन्त्रीले गृहमन्त्री नियुक्तिमा ढिलाई गर्नहुन्न -सांसद गैरे

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नियुक्तीमा ढिलाई गर्न नहुने बताएका छन् । 

सत्तारुढ दलहरुसँग समझदारी गरेर प्रधानमन्त्री दाहालले गृहमन्त्री नियुक्ती गर्नुपर्ने सांसद गैरेको भनाई थियो । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सत्तारुढ दलहरुबीचको सहमतिमा गृह मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषय निर्धारण हुने समेत बताए । 

‘भएको गृहमन्त्री विदा हुनु भएको छ । अव नयाँ गृहमन्त्री नियुक्ती प्रधानमन्त्रीले छिट्टै गर्नु हुन्छ । हिजो सहमती हुँदाखेरी त्यो गृह मन्त्रालय जति पटक मन्त्रीमण्डल परिवर्तन भएपनि त्यो सम्बन्धित पार्टीकै हुनेछ भन्ने सहमती भएको हो वा होइन ? भन्ने कुरा आज खुलेको वा स्पष्ट भएको अवस्था छैन । तर पनि यो सरकार संचालनमा संलग्न भएका दलहरुबीचमा, नेताहरुको बीचमा छलफल भएर समझदारीका साथ नै गृह मन्त्रालय कुन पार्टीले पाउने, कसले पाउने भन्ने कुराको निर्धारण हुन्छ ।’ उनले भने । 

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमाएका थिए । 

Logo