सरकारबारे निर्णय लिन बोलाइएको रास्वपाको बैठक सर्‍यो

सरकारबारे निर्णय लिन बोलाइएको रास्वपाको बैठक सर्‍यो

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सरेको छ । 

रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार पार्टीको केन्द्रीय कार्यालय धुम्वाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठक डेढ घन्टापछि सारिएको हो । अब बैठक अपराह्न साढे ४ बजे बस्ने तय भएको छ । 

आजको बैठकले पार्टी सरकारमा रहने वा नरहने भन्ने महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । रास्वपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने संकेत गरेको छ। 

गत साता सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्र अवैध ठहर गर्दै सांसद, उपप्रधान तथा गृहमन्त्रीसहित सबै जिम्मेवारीबाट पदमुक्त गरेको थियो । आइतबार अमेरिकाको नागरिकता त्यागेको निस्सा पेस गरेर पुनः नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका उनले त्यसयता गृहमन्त्री पदका लागि गरेको लविङ गरिरहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले बेवास्ता गर्दै आएका छन् । 

रवि लामिछानेको चेतावनी- मेरो मौनता आजसम्मका लागि मात्र हो, केही भए गरीहाल्नुस्

Logo