बाहिर आएजस्तो तत्काल सत्ता समिकरण फेरबदल हुँदैन -प्रधानमन्त्री प्रचण्ड

बाहिर आएजस्तो तत्काल सत्ता समिकरण फेरबदल हुँदैन -प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल सत्ता समिकरण फेरबदल नहुने बताएका छन् ।  

बिहीवार नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने पनि विश्वास व्यक्त गरे । 

उनले भने, ‘राजनीतिक समिकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले बुझेसम्म, बाहिर निस्कने निर्णय गर्दैन ।’

प्रधानमन्त्री प्रचण्डले बाहिर आएजस्तो राजनीतिक समिकरण फेरबदल नहुने स्पष्ट पारे । आज बस्ने भनिएको पार्टीको स्थायी समितिको बैठक शुक्रवारका लागि सरेको छ । 

Logo