बाराबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य शारदा शंकर कलवार जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।
बारा २ (१) बाट निर्वाचित कलवारलाई मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव र जसपाका विराटनगर महानगरपालिका अध्यक्ष अमरेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् । उनले गत निर्वाचनमा एमालेका बलवीर भुजेललाई पराजित गरेका थिए ।
यसअघि महोत्तरी २ (२) बाट चुनाव जितेका स्वतन्त्र सांसद सुरिता साह र पर्सा क्षेत्र नम्बर ३ (१) का प्रमोद कुमार जैसवालले जसपामा प्रवेश गरेका थिए । यो सँगै जसपाको मधेश प्रदेशमा १९ सांसद पुगेको छ ।





























प्रतिक्रिया