नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मुलुकका अगाडि देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहमतिको खाँचो रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद पौडेलले प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन राष्ट्रिय सहमति जरुरी रहेको औँल्याएका हुन् । “शान्ति प्रक्रियाका कतिपय काम सम्पन्न गर्नुपर्नेछ । यी काम सम्पन्न गर्न सबै दलबीच राष्ट्रिय सहमति हुनुपर्छ । जनताले निर्वाचनमार्फत मिलेर जान मत दिएका छन् । एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ”, उनले भने ।
सबै राजनीतिक दलको सहमतिबाट मुलुकलाई आजको अवस्थामा ल्याइएको जनाउँदै सांसद पौडेलले समृद्ध नेपालको जनआकाङ्क्षा पूरा गर्न दलहरुबीच एकता आवश्यक रहेको बताए । “शान्ति सम्झौता, गणतन्त्र, धर्म निरपेक्षतालगायत सबै राजनीतिक उपलब्धि सहमतिमा ग-यौँ । देशका अगाडि आएका समस्या समाधान गर्न फेरि पनि राष्ट्रिय सहमतिको खाँचो छ”, उनले भने ।
देशको आर्थिक प्रणाली पूरै बिग्रिएको नभई अर्थतन्त्रको केही सूचक उल्टो बाटोमा रहेको जनाउँदै उनले विद्यमान समस्यमा समाधानका लागि पनि सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । “अझै पनि ५५ लाख नेपाली वैदेशिक रोजगारीमा छन् । स्वदेशमा रोजगारी सिर्जना चुनौतीका रुपमा छ”, नेता पौडेलले भने ।































प्रतिक्रिया