ओलीको टिप्पणी- ‘काँग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्ने स्थितिमा छ’

ओलीको टिप्पणी- ‘काँग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्ने स्थितिमा छ’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका नेताहरु प्रतिपक्षको भुमिकालाई स्वीकार्नै नसक्ने स्थितिमा पुगेको बताएका छन् । 

आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।  उनले प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट नेकपा एमालेलाई सरकार गठनको मत नपाएकाले रुची नराख्दा पनि काँग्रेसले सरकार गठन नगरेपछि संविधानको रक्षा गर्न हेतु नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा अघि सारेको प्रष्ट पारे । 

उनले संसदमा नेपाली काँग्रेसका व्यवहारहरु बुझिनसक्नुको रहेको बताउँदै काँग्रेस यतिबेला पानी बिनाको माछो झैँ छट्पटाइरहेको बताए । उनले सत्ता बाहिर काँग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्ने स्थितिमा रहेको दाबी गरे । जनताका प्रतिनिधि र राजनीतिक दलका नेताहरु मिलेर दृढ निश्चय र इमान्दारिताका साथ नेपाल र नेपालीको भविष्यका लागि संकल्प गर्न उनले आग्रह गरे ।  

अध्यक्ष ओलीले नेपाली काँग्रेस प्रतिपक्ष मान्न तयार नै नरहेको बताए । उनले अर्थतन्त्रलाई सरकारले गतिशील बनाउने पनि दाबी गरे । उनले वृहत्तर राष्ट्रिय हीतमा काम गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गरे । स्वास्थानीका जालन्धरको प्रसंग निकाल्दै कोही पनि जनमुखी काम गर्दा जालन्धर नबन्न उनले आग्रह गरे । 

Logo