बिजनेसविहीन अवस्थामा बाग्मती प्रदेशसभा बैठक बस्दै

बिजनेसविहीन अवस्थामा बाग्मती प्रदेशसभा बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

बाग्मती प्रदेश सभाको बैठक आज बस्ने भएको छ ।

दलहरूबीच विवाद रहेकै अवस्थामा बाग्मती प्रदेशसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सदनमा प्रतिनिधित्व गर्ने सात दलबीच संसदीय समितिको नेतृत्वको विषयमा विवाद भएपछि माघ २३ गते सोमबार स्थगित भएको बैठक बिहीबार पुनः बस्न लागेको हो । बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्नेबाहेक कुनै कार्यसूची छैन ।

प्रदेशसभा सचिवालयले सर्वदलीय सहमतिमै बैठक आह्वान गरे पनि ‘बिजनेसविहीन अवस्था’मा सदन रहेको छ । सरकारले पाँचवटा प्रतिस्थापन विधेयक ल्याउने बताए पनि अझै सचिवालयमा दर्ता भएको छैन । प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, नेकपा समाजवादी पार्टीका ७, राप्रपाका १३, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना सांसद रहेका छन् ।

Logo