रास्वपालाई पूर्वसहमति अनुसार गृह नै दिएर सरकारमा फर्काउनुपर्छ -प्रदीप ज्ञवाली

रास्वपालाई पूर्वसहमति अनुसार गृह नै दिएर सरकारमा फर्काउनुपर्छ -प्रदीप ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने कोशिस जारी रहेको बताएका छन् । 

बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासामा जवाफ दिँदै उपमहासचिव ज्ञवालीले पूर्वसहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिएर सरकारमा राखिरहनुपर्नेमा जोड दिएका हुन् । 

उनले भने, ‘हामीले पुस १० गते यो नयाँ कोर्ष निर्माण गरिरहँदा र पछि मन्त्रिमण्डल बिस्तार गरिरहँदाखेरी जुन ढंगले शक्तिको बाँडफाँट गरेका थियौँ, त्यस हिसावले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिइनुपथ्र्यो भन्ने हामीलाई लाग्छ । त्यसो गरेर भएपनि उहाँहरुलाई सरकारमा होल्ड गरिराख्नुपथ्र्यो । व्यक्ति कसलाई पठाउनुहुन्थ्यो उहाँहरुको कुरा थियो । त्यसमा अलिकति असमझदारी देखियो । त्यसलाई आधार बनाएर उहाँहरु बाहिरिनुभएको छ । तर बाहिरिए पनि उहाँहरुको भनाई छ, सरकारलाई दिएको विश्वास, समर्थन कायम नै छ । हाम्रो तर्फबाट उहाँहरुलाई त्यो विश्वासमा कायमै राख्ने र एउटा उपयुक्त वातावरण बनाएर सरकारमा फर्काउने हाम्रो कोशिस जारी छ ।’ 

त्यस्तै उपमहासचिव ज्ञवालीले जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने कोशिस जारी भएको बताए । फरक फरक पार्टीको बीचमा गठबन्धन हुँदा असमझदारी देखिनसक्ने भन्दै ती असमझदारीहरुलाई समाधान गर्न सकिनेमा उनले विश्वास व्यक्त गरे । 

Skip This
Skip This
Logo