सत्ता गठबन्धनलाई सुदूरपश्चिमबाट धक्काः अब कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने !

सत्ता गठबन्धनलाई सुदूरपश्चिमबाट धक्काः अब कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने !

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि उनी स्वतः पदमुक्त भएका छन् । 

बिहीबार मुख्यमन्त्री रावलले विश्वासको मत लिने अन्तिम दिन रहेकोमा प्रदेश सभा बैठकमा रावलले विश्वासको मत प्रस्ताव महुमतले अस्वीकृत भएको हो । 

पुस २७ मा एमालेका १० माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र १ राप्रपा १ गरी २९ जना सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए । ५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्नेमा सरकार गठन भएको एक महिनामै सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले साथ छाडेपछि सुदूरपश्चिमबाट सात दलीय गठबन्धनको सरकार ढलेको हो । 

विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा पत्र बुझाइसकेका हुन् । साथै अर्को मुख्यमन्त्री नियुक्तिका विषयमा प्रदेश प्रमुख जोशीले पनि परामर्श सुरु गरेका छन् । 

१९ सिटसहित प्रदेशसभामा ठूलो रहेको कांग्रेस संसदीय दलका नेतामा कमलबहादुर शाह छन् । अब उनको नेतृत्वमा सुदूरपश्चिममा नयाँ सरकार गठन हुन सक्नेछ । संविधानको धारा १६८ (२) अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि अब संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन हुँदैछ । 

संविधानको धारा १६८ (३) मा 'प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने' भनिएको छ ।

Skip This
Skip This
Logo