समावेशी र सहभागितामुलक लोकतन्त्र अबको वैकल्पिक राजनीति -बाबुराम भट्टराई

समावेशी र सहभागितामुलक लोकतन्त्र अबको वैकल्पिक राजनीति -बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई सुदृढ बनाएर संस्थालाई मजबुत बनाउने कुरा नै अबको वैकल्पिक राजनीति भएको बताएका छन् । 

शुक्रवारबाट काठमाडौंमा शुरु भएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले अबको वैकल्पिक राजनीतिक कसैलाई फ्याँक्ने नभइ सबैलाई एकसाथमा अघि बढाउने र संस्थालाई मजबुत बनाउने रहेको बताए । अबको वैकल्पिक राजनीति समावेशी र सहभागितामुलक लोकतन्त्र रहेको उल्लेख उनले गरे । 

अध्यक्ष भट्टराईले अबको वैकल्पिक राजनीतिको एजेण्डा राज्यका प्रणालीहरुलाई बलियो बनाएर सुशासन कायम गर्नु रहेको बताए । उनले तेस्रो चरणको वैकल्पिक राजनीतिको एजेण्डा लोकतन्त्रलाई जोगाएर, लोकतन्त्रका अपूर्णतालाई पूर्ण बनाइ त्यसको जगमा देशलाई छोटो समयमा नै समृद्धिको मध्यमस्तरसम्म लैजनुपर्ने उल्लेख गरे । 

अब देशलाई सुशासन र समृद्धिको दिशातर्फ अघि बढाउन ढिलो भइसकेको उनको भनाई थियो ।  

Logo