सुदुरपश्चिमका मुख्यमन्त्री शाहले लिए सपथ

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले लिए सपथ

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको विशेष समारोहका बीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा उनी हिजाे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

गत २७ पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावल हिजो पदमुक्त भएका थिए । उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पछि प्रदेश सभालाई सम्वोधन गर्दै राजिनामा मुख्यमन्त्री रावलले राजिनामा दिए पछि कांग्रेस संसदीय दलका नेता घिमिरेले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

Logo