अनेरास्ववियु महाधिवेशन निर्वाचनमा धकेलियो, यी हुन् अध्यक्ष र महासचिवका बलिया उम्मेदवार

अनेरास्ववियु महाधिवेशन निर्वाचनमा धकेलियो, यी हुन् अध्यक्ष र महासचिवका बलिया उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु)को महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएकाे छ । नेतृत्व चयनमा सहमति नजुटेसँगै बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने बताइएको हाे ।  

कमलादीस्थित प्रज्ञा भवनमा मंगलबार उद्घाटन भएको २३औं महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । 

१० सचिवमा ३ महिला, एक समावेशी र ६ खुला निर्वाचित हुनेछन् । अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला, मोति विक, झविन्द्र खत्री र महासचिव समिक बडालको दाबी रहेको छ । 

उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ । त्यसैगरी महासचिवमा कल्पना वाइबा, नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको छ ।

यसैबीचमा कल्पना वाइबाको नाम भने चर्चामा छ । वर्तमान उपाध्यक्षहरु सबै अध्यक्ष पद ताक्दा वाइबाले भने महासचिव उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । अखिलको इतिहास हेर्दा उपाध्यक्षबाट महासचिवमा आउनेको पल्ला भारी भएको देखिन्छ। यसअघि नवीना लामा र ऐन महर पनि उपाध्यक्षबाट महासचिव झरेर निर्वाचित भएका थिए। 

पाँचथरबाट २०५९ सालमा कक्षा ९ मा अध्ययन गर्दै गर्दा अनेरास्ववियुमा आवद्ध भएकी वाईबा संगठनमा विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएकी छन् । २२औँ महाधिवेशनमा सचिवालय सदस्य अत्यधिक मतमा साथ विजयी भएकी उनी संघिय मामिला तथा कानुन विभाग प्रमुख थिइन् भने माओवादीसँगकाे पार्टी एकतापछि नेतृव परिवर्तन हुँदा वाईबा स्थायी कमिटी सदस्य र उपाध्यक्ष, महिला विभाग प्रमुख भएर काम गरिसकेकी छन् । त्यसकारण पनि वाइवालाई बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ। 

Logo