राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुन्छ -माओवादी सांसद् पासाङ

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुन्छ -माओवादी सांसद् पासाङ

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचित हुने बताएका छन् । 

प्रेस सेन्टर खोटाङले दिक्तेलमा बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद् पासाङले सबै दलहरु एक ठाउँमा आउनेगरी राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचित हुने दाबी गरेका हुन् । ‘देशमा एकदमै राजनीतिक तरलता आइरहेको छ, के हुन्छ ? कसले के गर्छ ? भन्ने एकातिर छ भने अर्कातिर अलिकति बाह्य हस्तक्षेप भइरहेको अवस्थामा छ,’ उनले भने, ‘देश राजनीतिक संकटमा छ । आर्थिक संकटमा छ । यो हल गर्नको लागि राष्ट्रिय सहमतिको राष्ट्रपति हुन जरुरी छ । सबै दलहरु एक ठाउँमा आए भने कम्तीमा देशलाई अगाडि बढाउन सकिन्छ ।’ 

देशलाई आर्थिक, राजनीतिक, राष्ट्रियता र स्वाधिनताको हिसावले अगाडि बढाउनका लागि राष्ट्रिय सहमतीको दृष्टिकोण आएको सांसद् पासाङले उल्लेख गरे । उनले अहिले मुलुकका लागि सबै दलहरु मिलेर जानुपर्ने आवश्यकता आएको औंल्याएका हुन् ।

‘हिजो भएको सहमति कार्यान्वयन गर्ने भन्ने कुराहरु पनि छन् । तर, जे भए पनि सहमतिमै हुन्छ । अहिले आवश्यकता मुलुकलाई सबै दलहरु मिलेरै जानुपर्नेछ,’ उनले भने, ‘भएका परिवर्तन र क्रान्तिलाई अन्त्या गर्नका लागि एक खालका वा विभिन्न खालका मान्छे लागिरहेका छन् । बाह्य शक्ति वा आन्तरिक शक्ति पनि लागिराख्याछ । यसका लागि राष्ट्रिय सहमतीमा राष्ट्रपति बनाइनुपर्छ भनिएको हो ।’ 

सांसद् पासाङले खोटाङको विकास निर्माणसम्बन्धी अधुरो कामलाई पूर्णता दिइने बताएका छन् । 

Skip This
Skip This
Logo