एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको छ -अध्यक्ष ओली

एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको छ -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भईरहेको टिप्पणी गरेका छन् । 

अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै त्यसलाई तोडेर अघि जानुपर्ने अवस्था रहेको पनि बताए । 

शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयबाट ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअली शुभारम्भ गर्दै उनले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरुलाई पराजित गर्नेगरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।  

अध्यक्ष ओलीले निकट विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरु अहिले पनि रहेकाले त्यस्ता शक्तिहरुको षडयन्त्रबारे जनतालाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको पनि बताए । 

अध्यक्ष ओलीले पार्टीको रक्षामा दृढतापूर्वक उभिन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । पार्टी हितको पक्षमा नभिने नेता, कार्यकर्तालाई पार्टीले पनि हित गर्ने उनको भनाई थियो । आगामी ४ वर्ष पछिहुने निर्वाचनमा ५० प्रतिशत भन्दा बढि स्थानमा पार्टीलाई विजयी गराउने गरी पार्टीेले ‘मिसन ग्रासरुट’ अभियान संचालन गरेको उनले स्पष्ट पारे । 

Skip This
Skip This
Logo