सांसद चौधरीको निलम्बन फुकुवा, अब निर्वाध रुपमा बैठकमा भाग लिन पाउने

सांसद चौधरीको निलम्बन फुकुवा, अब निर्वाध रुपमा बैठकमा भाग लिन पाउने

केन्द्रबिन्दु
0
Shares

रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको हो । निलम्बन फुकुवा भएसँगै सांसद चौधरी अब निर्वाध रुपमा प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पाउने छन् । 

झन्डै ५ बर्ष अघि ट्याक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी गत १९ माघमा पक्राउ परेका थिए । तर,  फैसला कार्यान्वयनका लागि जेल परेका चौधरीलाई गत साता  पुष्पकमल दाहालकाे सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाए पछि ७ फागुनमा रिहा भएका थिए ।

Logo