नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
सांसद भण्डारीले उत्पादनको आधारमा कृषि अनुदान दिने व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले किसानलाई बेलैमा मल, बीउ र सिँचाईको आवश्यक व्यवस्था मिलाउने काममा कसले अवरोध पुर्यायो ? भनि सरकारलाई प्रश्न समेत गरे ।
उनले बिचौलियाले असाधारण नाफा कमाउने तर उपभोक्ताहरु मारमा पर्ने गरी कृषि अनाजहरुको खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि सरकारलाई सुझाव दिए ।
सांसद भण्डारीले कृषिमा आवश्यक अनुदानको व्यवस्था नहुँदा हाम्रा उत्पादनहरु महंगो पर्न गएको उल्लेख गर्दै सस्तोमा उत्पादन हुने गरी नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई दवाव दिए ।































प्रतिक्रिया