सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी छलफलमा जुटेका छन् ।
राष्ट्रपति निर्वाचनमा सम्भावित समीकरणबारे छलफलका लागि सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा केहीबेर अघिबाट तीन दलबीच बैठक जारी रहेको हो ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष एवं माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन्। साथै जसपाबाट अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, घनश्याम भुसाल लगायत सहभागी छन्।





























प्रतिक्रिया