सत्ता केन्द्रीत फोहरी खेलले मुलुक अस्थिरतातर्फ -कमल थापा

सत्ता केन्द्रीत फोहरी खेलले मुलुक अस्थिरतातर्फ -कमल थापा

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रीत फोहरी खेलका कारण मुलुक अस्थिरता तर्फ गएको बताएका छन् ।

‘चुनाव अघि एउटा गठबन्धन, चुनाव पछि अर्को गठबन्धन, दुई महिनाको बिचमै फेरि अर्को गठबन्धन, यस्तो राजनीतिले मुलुकलाई कता लैजान्छ ?’ भनी प्रश्न गर्दै  जनतामा बितृष्णा मात्र नभई दल र नेताहरु प्रती घृणा उत्पन्न भएको समेत उनले बताए । 

काठमाडौंमा आज पार्टी सम्बद्ध भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विकल्पका रुपमा देखिएका राजनितीक दलहरु शक्ति र पैसा केन्द्रीत हुँदा जनता बिरक्तिएको टिप्पणी गरे । 

राप्रपा नेपालप्रती सकारात्मक धारणाको विकास भैरहेकोमा सन्तोष ब्यक्त गर्दै उनले जनता र संगठन केन्द्रीत हुन भातृ संगठनका पदाधिकारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला र केशबराज श्रेष्ठले जनवर्गीय संगठनको कृयाशिलता र भाबी कार्यक्रमबारे बोलेका थिए । भातृ संगठनका अध्यक्षहरुले आफ्नो संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए ।

Logo