संविधानसभा विघटनमा फरक मत हुनु स्वभाविक हो: कमल थापा

संविधानसभा विघटनमा फरक मत हुनु स्वभाविक हो: कमल थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनु स्वाभाविक रहेको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले प्रतिनिधिसभा विघटनको निर्णयले प्रतिगमन भएको बताए ।

अध्यक्ष थापाले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेखेका छन्, “प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनु स्वाभाविक छ, तर विघटनको निर्णयले प्रतिगमन भयो, संवैधानिक ‘कु’भयो,सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ । बरु विगत १४ बर्षको राजनीतिक अभ्यास, संविधानभित्रको अन्तर्विरोध, भ्रष्टाचार र कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्न चिन्ह उठेको छ । यस्तो अवस्थामा ताजा जनादेश उपयुक्त हुन्छ ।”

Logo