राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराएका छन् । आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे २६ फागुनमा  बहराइन प्रस्थान गर्ने कार्यक्रम छ ।

आईपीयु बैठक २७ फागुनदेखि १ चैतसम्म बहराइनको मनामा हुँदै छ । 

Logo