चितवन -२ को उपनिर्वाचनको लागि १८ दल दर्ता

चितवन -२ को उपनिर्वाचनको लागि १८ दल दर्ता

केन्द्रबिन्दु
0
Shares

आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिने दलको संख्या १८ पुगेको छ । 

चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा हालसम्म १८ दलले दल दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म निर्वाचनमा भाग लिने दलमा नेपाल मजदुर पार्टी, मंगोल नेश्नल अर्गनाइजेशन, राष्ट्रिय नागरिक पार्टी, नेपाली काँग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत मार्सवादी लेलिनवादी), नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दल दर्ता गराएका छन् । 

त्यस्तै, नेकपा माओवादी समाजवादी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी, मौलीक जरोकिलो पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेपाली काँग्रेस (वी.पी) राप्रपा, जय जन्मभूमि पार्टी नेपालले पनि निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता गराएको प्रवक्ता शर्माले जानकारी दिए । 

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेको पद खारेज भएपछि उपनिर्वाचन तोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै सांसद पद खारेज गरेको थियो ।

 

Skip This
Skip This
Logo