राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा द्विमत छैनः प्रवक्ता महत

राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा द्विमत छैनः प्रवक्ता महत

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा द्विमत नरहेको दाबी गरेका छन् । 

बिहीवार ७ दलीय गठबन्धनले काठमाडौंमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता महतले यस्तो दाबी गरेका हुन् । उनले प्रदेशमात्रै रहेका २ दलसहित अहिलेसम्म राष्ट्रपतिका उम्मेदवार पौडेललाई समर्थन गर्ने दलहरुको संख्या ११ पुगिसकेको बताए । 

उनले अहिलेको परिस्थितिलाई बुझ्ने उपयुक्त पात्र पौडेल मात्रै भएको भन्दै समर्थन अझै बढ्ने सम्भवना ठूलो रहेको बताए । अभिमुखीकरण कार्यक्रममा उम्मेदवार पौडेलले संविधानको अक्षरशः पालना गर्नेकुरामा प्रतिवद्धता जनाएको उनले बताए । 

Skip This
Skip This
Logo