राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन क्षेत्र समिति गठन गर्ने तयारीमा

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन क्षेत्र समिति गठन गर्ने तयारीमा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति पनि गठन गर्ने भएको छ।

संगठन विस्तारका क्रममा रहेको रास्वपाले निर्वाचन क्षेत्र भित्रका पार्टीका सदस्यहरूबाट खुला आवेदनमार्फत् निर्वाचन क्षेत्र समिति गठन गर्ने तयारी गरेको हो। समितिमा रहनका लागि इच्छुकले चैत १५ गतेसम्म आवेदन दिनुपर्ने महामन्त्री डा.मुलुल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पार्टीको एपमार्फत आवेदन दिन सकिने पनि उल्लेख गरिएको छ।

अनलाइन मतमार्फत् निर्वाचन क्षेत्र समिति गठन गरिने पनि उक्त पार्टीले जनाएको छ। रास्वपाले हालै सातै प्रदेश समिति पनि गठन गरेको थियो।

Skip This
Skip This
Logo