प्रचण्डलाई अखिल अध्यक्षकाे सुझाव- ‘तपाई सरकार चलाउनुस्, आन्दोलन गर्न हामी छौं’

प्रचण्डलाई अखिल अध्यक्षकाे सुझाव- ‘तपाई सरकार चलाउनुस्, आन्दोलन गर्न हामी छौं’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले निकट अखिलका अध्यक्ष समिक बडालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आन्दोलनमा उत्रिनभन्दा सरकार चलाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्धन्द्धकालिन मुद्धामा माओवादीलाई फसाउन खोजेको भन्दै आन्दोलनमा उत्रनु पर्ने बताएपछि अखिल अध्यक्ष बडालले सरकारमा बसेर कसको विरुद्ध आन्दोलन गर्न खोजेको हो ? भनेर प्रश्न गरेका छन् ।

‘प्रचन्ड आफैं सरकार प्रमुख हुनुहुन्छ तर भाषण गर्दै लाखौं जनता सडकमा उतारेर आन्दोलन गर्छौं भन्नु हुन्छ, कसका बिरुद्ध  ? आफैं विरुद्ध ? कथित जनयुद्धका नाममा आन्दोलनमा भएको जनधनको क्षती पर्याप्त भएन र ?,’  बडालले प्रश्न गरेका छन, ‘तपाई सरकार चलाउनुस,  राष्ट्रहित बिपरीत गरिने काममा खबरदारी र आन्दोलन गर्न हामी छौं ।’

Skip This
Skip This
Logo