राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनबारे निर्णय लिनेछ । साथै बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।





























प्रतिक्रिया