राष्ट्रपति निर्वाचनमा मतदाताले ५ मध्ये एउटा परिचयपत्र देखाउनु पर्ने

राष्ट्रपति निर्वाचनमा मतदाताले ५ मध्ये एउटा परिचयपत्र देखाउनु पर्ने

केन्द्रबिन्दु
0
Shares

आज हुने राष्ट्रपति निर्वाचनमा मतदाताहरूले आफनो नाम उल्लेख भएको  कुनै ५ मध्ये एक परिचय पत्र लिएर मतदान स्थलमा जानुपर्नेछ ।

राष्ट्रपति पद निर्वाचनमा मतदाताहरूले मतदान गर्नका लागी स्पष्ट रुपमा कानुनले
व्यवस्था गरेका कुनै ५ वटा  मध्ये एउटा परिचय खुल्ने कागजात लैजानु पर्ने आयोगले  जनाएको हो । जसअनुसार निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र,  सम्बन्धित् संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र मतदान गर्नु अघि देखाउनु पर्नेछ । 

सो परिचय पत्र नभएमा निर्वाचन अधिकृतबाट सम्बन्धित् सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रमध्ये एउटा लिएर मतदान स्थलमा जानु पर्ने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

Skip This
Skip This
Logo