नेकपा विवाद चर्किएको बेला केन्द्रीय कमिटी बैठक राख्न माग

नेकपा विवाद चर्किएको बेला केन्द्रीय कमिटी बैठक राख्न माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्यहरुले बैठक बस्नुपर्ने माग गरेका छन् । बुधबार पार्टी कार्यालय धुम्बाराही पुगेर अध्यक्षलाई संवोधन गर्दै १ सय ५२ जना केन्द्रीय कमिटी सदस्यको हस्ताक्षर बुझाएका हुन् । नेकपाका केन्द्रीय कमिटी सदस्य ठाकुर गैरेले आफूसहितको केन्द्रीय कमिटी टोलीले बैठकको माग राखेको केन्द्रबिन्दुलाई जानकारी दिए ।

नेकपाको स्थायी कमिटीको बैठक गत असार १० देखि जारी छ । स्थायी कमिटीको बैठक जारी रहेको बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग गरिएको थियो । राजीनामा माग गर्नेमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता रहेका थिए । तर, ओलीले दुवै पदबाट राजीनामा नदिने अडान लिँदै आएका छन् । दुई पक्ष आ–आफ्नो अडानमा अडिक नेकपा विवाद झन कसिँदै गएको छ । यस्तो अवस्थामा केन्द्रीय कमिटी बैठक माग गर्नुलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

नेकपाको विधानमा केन्द्र्रीय कमिटीको एक चौथाइ सदस्यले बैठक माग गरेपछि ३० दिनभित्र बैठक बोलाउनु पर्ने उल्लेख गरिएको छ । नेकपामा अहिले ४ सय ४४ जनाको केन्द्रीय कमिटी रहेको छ ।

Skip This
Skip This
Logo