काठमाडौं । जनता समाजवादी पार्टीकी समानुपातिक सांसद लीलादेवी सिटौलाले सपथ लिएकी छन् । बुधबार सभामुख अग्निप्रसाद सापकोटाले नवनियुक्त सांसद सिटौलालाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
सांसद सरिता गिरीलाई पार्टीको ह्वीप उल्लघंन गरेको भन्दै साधारण सदस्य समेत नरहेन गरी निलम्बन गरिएको थियो । साधारण सदस्य समेत नरहेपछि उनको सांसद पद गुमेको थियो । उनलाई सांसदबाट फिर्ता बोलाएपछि जसपाले ललितपुरकी सिटौलालाई प्रतिनिधि सभा सदस्यमा सिफारिस गरेको थियो ।
निर्वाचन आयोगले सिटौला सांसद निर्वाचित भएको घोषणा गरेपछि उनलाई बुधबार सपथ ग्रहण गराइएको हो । समानुपातिक तर्फ पार्टीले बुझाएको बन्द सूचीमा पूर्व सांसद गिरीपछि सिटौलाको नाम उल्लेख गरिएकाे थियो । सिटौला पार्टीको खस महिला कोटाबाट सांसद बनेकी हुन् ।































प्रतिक्रिया