उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न कांग्रेसको निर्देशन

उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न कांग्रेसको निर्देशन

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले उपनिर्वाचन हुने प्रतिनिधिसभा सदस्यतर्फको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि प्रक्रिया पु-याएर नाम प्रश्ताव र सिफारिस गर्नका लागि निर्देशन दिएको छ । 

बुधबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०८० वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र लगायत उपनिर्वाचन हुने अन्य प्रतिनिधि सभा सदस्यतर्फको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) बमोजिम क,ख,ग बमोजिमको प्रक्रिया पु-याइ उम्मेदवारको नाम प्रश्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा निर्देशन गर्ने निर्णय भएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । 

प्रवक्ता महतले सरकारका जानेकुरामा बैठकमा छलफल नभएको र प्रधानमन्त्रीले ७ गतेसम्म विश्वासको मत लिएपछि मात्रै सरकार बिस्तार हुने बताए । 

त्यस्तै, आजको बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई विजयी गराउन भुमिका खेल्ने सबै पक्ष र सांसदहरुलाई धन्यवाद ज्ञापन गर्दै राष्ट्रपतिमा विजयी रामचन्द्र पौडेललाई सफल कार्यकालको शुभकामना दिएको छ । 

Logo